पानीमा मनोरञ्जन

0
Shares

पोखरा । तालै तालको शहर पोखरामा पानीमा मनोरञ्जन लिने स्थलका रुपमा वाटर पार्क बिग स्प्लाशसञ्चालनमा आएको छ ।

आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा कुल ११ करोडको लगानीमा वाटर पार्क बिग स्प्लाश निर्माण भएको पत्रकार सम्मेलनमा प्रालिका प्रवन्ध निर्देशक अमितराज मुल्मीले जानकारी दिनुभयो ।

पूर्णरुपमा प्रशोधित पानीको प्रयोग हुने स्प्लाशमा बच्चादेखि वयस्कसम्मका लागि पानीमा मनोरञ्जन गर्ने गरी विभिन्न संरचना निर्माण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

संस्थाका अध्यक्ष आनन्दराज मुल्मीले पोखराको पर्यटकीय विकाससँगै पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधार निर्माण अपरिहार्य भएको बताउँदै सञ्चालित वाटर पार्क बिग स्प्लाशले पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विग स्प्लासको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।