पोखराका दुई ठाँउमा फ्री वाईफाई

0
Shares

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले पोखराका दुई ठाँउमा फ्री वाईफाई इन्टरनेटको सुरुवात गरेको छ । नेपाली नयाँ वर्षको सुरुवातसंगै महानगरपालिकाले सार्वजनीक रुपमा वाईफाई संचालन गर्ने चुनावी नारा अनुसार पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान(गण्डाकी अस्पताल) र पोखरा विमानस्थलमा सुरुवात गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा आयोजित एक कार्यक्रमका वीच प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । उहाँले प्रश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यलाई वाईफाई राउटर वक्सको साँचो हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले निवाचनका बेला बाम गठबन्धनले देशकाभरका सार्वजनीक स्थलमा फ्री इन्टरनेटको ब्यवस्था गर्ने घोषणा गरेको र त्यसको सुरुवात प्रदेश ४ अन्र्तगत पोखराबाट सुरु भएको बताउनुभयो । ‘निर्वाचनका बेला गरिएको प्रतिवद्धता अन्र्तगत स्थानिय सरकार पोखरा महानगरले सुरुवात गरेको छ । यो सुरुवात हुनु राम्रो हो ।’

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले परीक्षणका रुपमा अस्पताल र विमानस्थलबाट सुरुवात गरिएको बताउनुभयो । उहाँका अनुसार इन्टरनेट कम्पनी वल्ड लिंकसंग मिलेर फ्री वाईफाई संचालन गरिएको जानकारी दिनुभयो ।

धेरै मानिसहरु जम्मा हुने स्थान भएकाले त्यहाँ रहदा सुचना र अन्य जानकारी प्राप्त गर्न सहजहोस भनेर वाईफाई निशुल्क रुपमा ब्यवस्था गरिएको महानगरले जनाएको छ ।

पहिलो चरणमा दुई ठाँउमा गरिएको र यहाँको प्रभाव र प्रतिक्रियाका आधारमा पोखरामा अन्य ठाँउमा पनि सुरुवात गरिने मेयर जिसीले बताउनुभयो ।

‘पहिलो चरणमा परीक्षणका लागि पोखरा विमानस्थल र क्षेत्रीय अस्पतालमा फ्री वाइफाईको सुरुवात गर्नेछौं,’ मेयर जिसीले भन्नुभयोे, ‘दुई ठाउँको रिजल्टपछि शिशुवा अस्पताल र मितेरी अस्पतालमा सेवा सुरु गर्नेछौं ।’