हेटौंडा । मकवानपुरको थाहानगर–४, शिखरकोटमा शुक्रबार राति करिब साढे ९ बजे घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा परी पशुचौपाया, भाँडावर्तनलगायत सम्पत्ती नष्ट भएको छ । शभ्मु बिष्टको घर जलेर नष्ट भएको हो ।
पत्करहरु राखिएको र पशु बाँधिएको घरमा आगलागीमा करिब एक दर्जन खसीबाख्रा मरेका छन् । आगलागीमा परी छट्पटिएको भैंसी दाम्लो चुँडालेर भागेको नगरप्रमुख लवशेर बिष्टले बताउनुभयो ।
आगलागीपछि थाहानगरको दमकल पुगेको थियो । स्थानीय, प्रहरी, सेना र दमकलको प्रयासबाट झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाइएको नगरप्रमुख बिष्टले जानकारी दिनुभयो । आगलागीको कारण थाहा हुन सकेको छैन ।











प्रतिक्रिया