२०७५ सालमाको ग्रहदशा, यस्तो छ वार्षिक राशिफल


१ मेष  यो राशिका लागि २०७५ साल राम्रेै रहने छ । त्यसमा वर्षको पूर्वाद्र्धमा बढि अनुकूलता रहने छ । वर्षको उत्तराद्र्धमा भने केही समस्याका वावजुद सफलता पाइने छ ।
पठन पाठमा लागेका विद्यार्थी तथा शिक्षकहरुलाई भने यो वर्ष राम्रो रहनेछ । शैक्षिक व्यसायमा लाग्नेहरुलार्इृ राम्रै आन्दानी होला । साझेदारीमा गरेका काममा मनग्य आन्दानी होला । व्यवसायिक क्षेत्रमा लाग्नेहरुले यो वर्षको कार्तिक महिना सम्म रामै्र आम्दानी गर्लान् । व्यापार, व्यवसाय तथा सामूहिक कामबाट लाभ हुने योग छ । वैदेशिक क्षेत्रमा पनि सफलता मिल्ने योग छ । यस्ता क्षेत्रबाट अकस्मात लाभ मिल्ने योग रहेको छ । नोकरी गर्नेहरुलाई यो वर्ष फाइदा जनक नै रहने छ । पारिवारिक समस्याहरु समाधान हुनाले परिवारमा शान्ति छाउला । प्रशासनिक पक्षबाट भने केही तनाव वा झन्झट भोग्नु पर्ला तर पनि उन्नतिमा भने बाधा पुग्ने छैन । जग्गा जमिन सम्बन्धी काम गर्नेहरुका लागि भने यो वर्ष त्यति राम्रो नहोला । वर्षको उत्तराद्र्धतिर भने कही लाभ मिल्ला तर पूर्वाद्र्ध भने तनाव ग्रस्तनै रहला । स्वास्थ्य कमजोर रहनाले त्यसमा धनराशी खर्च होला । परिवारको स्वास्थ्यका क्षेत्रमा पनि धन खर्च हुने योग परेको छ । यस राशि हुनेहरुका लागि भने असार, असोज, माघ र फागुन महिना लाभप्रद छन् ।

२. वृष  यो राशिका व्यक्तिहरुलाई यो वर्ष सामान्य रहेको छ । वृषराशिका व्यक्तिलाई यो वर्ष अढैया शनिदशा चल्नेछ । यसले यी राशिका मानिसलाई मानसिक तनाव, पारिवारिक कलह, काममा ढिला सुस्ती जस्ता समस्या भोग्नु पर्ला । यो वर्ष वृषराशिका मानिसहरुलाई आर्थिक समस्याले पनि पिरोल्ने देखिन्छ । अध्ययन अध्यापनमा लाग्नेहरुलाई यो वर्ष परिश्रम अनुसारको फल नमिल्ला । व्यवासायीक हिसाबले शैक्षिक क्षेत्रमा लाग्नेहरुले यो वर्ष अनेक समस्यासँग जुध्नुपर्ला । आँखा तथा टाउकासम्बन्धी समस्या आउनेछन् । व्यापारव्यासायमा घटाबेहोर्नु पर्ला । यति हुँदा हुँदै पनि वर्षको उत्तराद्र्धतिरबाट केही राम्रो हुने संभावना रहने योग देखिन्छ । व्यापारव्यासायबाट सामान्य लाभ मिल्ने छ । वर्षको सुरुमा बनेका शत्रुहरु परास्त हुँदै जानेछन् । नोकरीमा अपजस बेहोर्नु परेपनि पदोन्नति तथा अन्यलाभ भने हुने योग छ । वैदेशिक क्षेत्रमा जाने यी राशिका व्यक्तिहरुलाई भने लाभ हुनेछ । समग्रमा साउन, कार्तिक, फागुन र चैत्र महिना फलदायी रहने छन् ।

३. मिथुनः यो राशिका व्यक्तिहरुलाई यो वर्ष मध्यम फलदायी रहने छ । वर्षको पुर्वाद्र्ध राम्रै भए पनि उत्तराद्र्ध त्यति सफल नहोला । वर्षको पूर्वाद्र्धमा अध्ययन अध्यापन त्यति सन्तोष जनक नदेखिए पनि उत्तराद्र्ध भने राम्रो हुने छ । शुत्र बढ्नाले चुनौति थपिने छ । आफन्तसँगको लेनदेन कारोबार र साझेदारीका काममा विवाद उत्पन्न हुनाले समबन्ध विग्रने योग छ । आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक समस्या पनि बढ्ने छ । गरिरहेको काममा बाधा उत्पन्न हुनाले काममा परिवर्तनको संभावना पनि छ । व्यापार र पशुपालनबाट सामान्य लाभ मिल्ने छ । प्रेम तथा दामपत्य जीवनमा तानब आउने देखिन्छ । पापरवारिक स्वावस्थ्यमा निकै खर्च बढ्ने छ । प्रशासनिक वा अदालति काममा पनि अनेकन उल्झन आइपर्ने छ । समग्रमा बैशाख, जेठ, भदौ, र मंसिर महिना लाभदायी रहलान् ।

४ कर्कट कर्कट राशि भएका व्यक्तिका लागि यो वर्ष मिश्रित किसिमको हुनेछ । नोकरी तथा सामाजिक काममा यी राशिका व्यक्तिलाई सफलता मिल्ने छ । यो वर्ष सामाजिक काममा मान सम्मान पनि मिल्ने योग छ । आर्थिक पक्ष मजबँुद हुने छ । आर्थिक प्रगतिको नयाँबाटहरु फेला पर्नेछन् । व्यापारव्यावसायबाट सामान्य लाभ मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । लामो यात्राको योग पनि छ । पारिवारिक खर्च बढ्ने छ । नोकरीमा स्थानान्तरणको योग छ । शत्रु बढ्नाले आर्थिक हानी बेहोर्नुपला । प्रेम तथा दाम्पत्य जीवनमा उतारचढाव आउला । अनावश्यक विषयमा धन खर्च होला । मुद्दामामिलामा फस्नु पर्नाले मानसिक तनाब आइलाग्लन् तर पनि जित तपाईको हुनेछ । समग्रमा वैशाख, जेठ, असोज पुस महिना लाभकारी हुनेछन् ।

५ सिंहः सिंह राशि हुनेहरुका लागि यो वर्ष राम्रै हुनेछ । शत्रुहरु पराजित हुनेछन् । गुमेको धन हात पर्ने योग छ । पारिवारिक तथा स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाइनेछ । विद्यार्थीहरुका लागि यो वर्ष सफल रहने छ । विद्या क्षेत्रमा व्यावसायिक रुपमा लाग्नेहरुका लागि यो वर्ष सफल हुनेछ । पैतृक सम्पत्तिमा झमेला बढ्नेछ । प्रेम तथा दाम्पत्य जीवन सफल हुनेछ । व्यापार तथा कृषिबाट लाभ हुनेछ । आर्थिक मामलामा केही नयाँ प्रगति हुनेछ । कष्ठदायी लामो यात्रा हुने योग छ । वर्षको सुरुमा भने अग्निभय, चोरभय र चोट पटकको योग छ । बैदेशिक क्षेत्रमा जानका लागि यो राशिका लागि भने त्यति सहज छैन । नोकरी गर्नेहरु लागि भने अपजस आउने र नयाँ मुद्दामामिला पनि लाग्न सक्ने योग रहेको छ । समग्रमा जेठ, असार, कार्तिक र माघ महिना अनुकूल देखिन्छ ।

६. कन्याः कन्या राशिहरुका लागि यो बर्ष मिश्रित किसिमको रहने छ । यो राशिका व्यक्तिहरुलाई अढैया शनिदशा भएकाकारणले मनमा अशान्ति हुनेछ । आरोप तथा लाञ्छना लाग्नाले मानसिक तनाव हुनेछ । कानूनी व्यवधान तथा समस्या आउने र धनको नोक्सान हुने योग पनि छ । भएका वस्तुहरु चोरी हुने वा हराउने स्वास्थ सम्बन्धी समस्याहरु देखा पर्ने योग पनि छ । अध्ययन अध्यापनका कामहरु अधुरै रहने तथा व्यवसायीहरुलाई आर्थिक क्षतिको योग पनि आइपर्ने छ । वर्षको पूवाद्र्ध भन्दा उत्तराद्र्ध फलदायी रहने छ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि भने शुभदायी हुनेछ । नोकरीमा सफलता मिल्ने वा पदोन्नतिको योग रहेको छ । वर्षको उत्तराद्र्धमा व्यापारबाट लाभ मिल्ने छ । समग्रमा असार, मंसिर, फागुन महिना राम्रा रहनेछन् ।

७ तुला  तुला राशिका लागि यो वर्ष मिश्रित हुने छ । वर्षको सुरुमा चोट पटक लाग्ने योग छ । प्रेम वा ।श्रीमान श्रीमतीबिचको सम्बन्धमा तनाव उत्पन्न हुनेछ । आफूभन्दा अग्रज व्यक्तिको स्वास्थ्यमा समस्या आउनाले धन खर्चको योग परेको छ । कर्मचारीहरुलाई तनाव र खर्चको भर बढी पर्ने छ । साझेदारीका कामामा झमेला आउनाले परेसानी आइपर्ने छ । बैदेशिक यात्रा गर्न खोज्नेहरुलाई भने समस्या आउने छ । थालेका कामहरु परिणाममुखी हुने र नयाँ थुप्रैकामहरु हात लाग्नेछन् । आम्दनीका नयाँ स्रोतहरु फेलापर्नेछन् । अधुरायोजनाहरु पूराहुनेछन् । पठन पाठममा लागेकाहरुलाई भने यो वर्ष सोचे वा गरे अनुसारको सफलता मिल्नेछ । व्यापार तथा पशुपालनबाट राम्रै आम्दानी हुने छ । सामाजिक जिम्मेवारी हात लाग्ने छ । आकस्मिक धनलाभ हुने योग छ ।

८ वृश्चिक  यो राशिका व्यक्तिहरुलाई यो वर्ष मध्यम हरने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्य हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यकार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाग्नेहरुका लागि यो वर्ष सफल बन्नेछ । नयाँ ठाउँमा नोकारी प्राप्त हुनेछ भने भएको नोकरीमा पदोन्नतिको योग छ । बैदेशिक क्षेत्रमा सफलता मिल्ने योग छ । यो राशिका व्यक्तिलाई अन्त्य साढेशति शनि दशा भएकाकारणले काममा अपजस प्राप्त हुनेछ । काममा ढिला सुस्ती हुनेछ । मानमा अशान्ति हुने तथा कानूनी क्षेत्रमा असफलता हात लाग्ने छ । आफन्तमा वैरभाव बढ्ने र शत्रु बढ्ने योग छ । सञ्चित धनको नाश हुने र शारीरिक अस्वस्थता बढ्ने छ ।

९ धनु  यो राशिका व्यक्तिलाई यो वर्ष सामान्य फदायी हुनेछ । लामो समयदेखि अधुरो रहेका काम बन्ने छ । वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । पठन पाठनमा लाग्नेहरुका लागि भने यो वर्ष फलदायी हुनेछैन । मानसम्मानमा वढोत्तरी हुनेछ । धार्मिक तथा मांलिक कार्यतिर रुचि बढ्नेछ । सामाजिक काममा धेरै समय जानेछ । यो वर्ष साढेसाति शनि दशा भएका कारणले आफन्तमा वैरभाव बढ्नेछ । अनावश्यक झमेलामा पर्नुपर्ने छ । अनावश्यक स्थानमा धनको हानी हुनेछ । ऋण वा कर्जामा गएका पैसाले समस्या निम्त्याउने योग छ । पारिवारिक समस्या बढ्नाले तनाव हुनेछ । नोकरीमा अपजस बेहोर्नुपर्ने योग छ । ठूला दुर्घटनाको सामाना गर्नु पर्ला । आर्थिक समस्याले पिरोल्ने छ ।

१० मकर यो राशिह्नेहरुका लागि पनि यो वर्ष सामान्य नै रहने छ । वर्षको पूर्वाद्र्ध केही शुभदायक रकेको छ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि भने यो वर्ष फलदायी हुनेछ । सन्तान सुख हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछन् । वर्षको पूर्वाद्र्धमा अधुरा कामहरु पुराहुनेछन् । नसोचेका ठाउँबाट धन प्राप्ति हुने योग छ । यो वर्ष मकर राशिका व्यक्तिहरुलाई साढेसातिको प्रभावले काममा ढिलासुस्ति हुने छ । आफन्तमा वैरभाव बढ्ने छ । सञ्चित धनको नाश हुनेछ । मनमा अशान्ति हुनेछ । निराशाले मनमा डेरा जमाउनेछ । आर्थिक पक्ष कमजोर हुनेछ । पुख्र्यौली धन सनसम्पत्तिमा विवाद बढ्नेछ । नोकरीमा अपजस बेहोर्नु पर्नेछ । शत्रु बढ्ने छन् ।

११ कुम्भः कुम्भ राशि हुनेहरुलाई यो वर्ष फलदायी नै छ । यस वर्ष ग्रहहरु अनुकुल रहनाले नयाँ नयाँ कामको थालनी हुनेछ । व्यापारिक दृष्टिले यो वर्ष सुखद हुनेछ । साझेदारीका कामबाट लाभ मिल्ने पनि वर्षको उत्तराद्र्धतिर साझेदारबिच फाटो आउनेछ । नोकरीमा पदोन्नति हुनेछ । सन्तान सुख मिल्नेछ । पारिवारिक कलझगडा बढ्ने योग परेको छ । शत्रु बढ्नाले मनमा चिन्ता र त्रास हुनेछ । अधुरा काम पुरा हुने योग परेको छ । वर्षको अन्तिम तिर धर्म अध्यात्मतिर मन जानेछ । वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ । आफन्तसँग शत्रुता बढ्नेछ । माया मारिसकेका वस्तु पुन हात लागेपनि नयाँ वस्तुहरु गुम्ने वा हराउने भय छ । शरीरमा चोटपटक तथा रोग लाग्ने संभावना छ । समग्रमा वैशाख, साउन, मंसिर र पुस महिना लाभकारी रहेका छन् ।

१२. मीन मीन राशिका लागि यो वर्ष निकै फदायी रहेको छ । स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्ने छ । व्यापारमा राम्रो लाभ हुनेछ भने व्यापार विस्तार गर्नेहरुका लागि पनि यो वर्ष शुभ हुनेछ । नयाँकामको थालनी हुने योग परेको छ । लामो दूरीको यात्राको योग परको छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेछ । जग्गा जमिन तथा विलाशिताका वस्तुमा लाभ हुनेछ । नोकरीमा स्थानात्नरणको योग परेको छ । व्यापार तथा कृषिव्यासायबाट लाभ मिल्ने छ । अध्ययन अध्यापनको पक्ष भने केही कमजोर हुने योग परेको छ । समग्रमा जेठ, भदौ, पुुुस र माघ महिना लाभदायी छन् ।