काठमाडौँ,
आईपीएलको ११ औं संस्करणअन्तर्गत आफनो दोस्रो खेल पनि दिल्ली डेयरडेविल्सले गुमाएको छ ।
नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध भएको टोली दिल्ली डेयरडेविल्सले बुधबारको खेल १० रनले हारेको हो । सन्दीपले भने यो खेल पनि खेल्न पाएनन् । राजस्थान रोयल्ससँग डकवर्थ लुइस नियममा दिल्लीको यो हार जारी प्रतियोगितामा दोस्रो थियो । यसअघि पनि उदघाटन खेलमा दिल्ली पञ्जाबसँग पराजित भएको थियो ।
वर्षाले बाधा तुल्याएपछि डकवर्थ लुइस नियम अनुसार राजस्थानले दिल्लीलाई ६ ओभरमा ७१ रन बनाउनु पर्ने लक्ष्य दिएको थियो । जवाफमा दिल्लीको टोली ६ ओभरमा ४ विकेटको नोक्सानीमा जम्मा ६० रनमै सीमित भएको थियो । यो नतिजापछि राजस्थानको दोस्रो खेलमा पहिलो जित समेत बन्यो ।
यसअघि वर्षा हुन अगाडि राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । वर्षाले खेल साढे २ घण्टा रोकिएको थियो ।
प्रतिक्रिया