नेपाल समाचारपत्र, काठमाडौँ ।
श्रम तथा बैदेशिक रोजगार बिभाग ताहाचलमा सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरूले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय हुने गरेको सुचनाका आधारमा काठमाडौं परिसरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिचौलियारुलाई नियन्त्रणमा लिएको छ ।
सेवा ग्राहीको रूपमा खटिएको प्रहरी प्रहरीलाई समेत सेवाग्राही नै ठानी बिचौलियाहरूले तानातान गरी कामको बारेमा सोध्ने तथा बार्गेनिङ गर्ने ३ जना महिला सहित २९ जना बिचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया