३ सय ८ जनाको निःशुल्क आँखा परिक्षण

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
आँखा रोगीहरुलाइ मध्यनजर गरी भद्रपुरमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ८ जना रोगीले आफनो आँखा परिक्षण गराएका छन् ।

झापाको भद्रपुर नगरपालिका ९ मा रहेको एकता मूल कृषि सहकारी र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले संयुत्त रुपमा आयोजना गरेको कार्यक्रममा उनिहरुले सेवा लिएका हुन् ।

शिविरमा भद्रपुर, मेचीनगर र विर्तामोड नगरका विरामीको आँखा जाँच गरिएको थियो । मेची आँखा अस्पताल विर्तामोडका डाक्टर मेमलाल राजवंशीको नेतृत्वमा आएको चिकीत्सक टोलीले सेवा दिएका थिए ।

चेक जाँचमा २५ जनामा मोतिविन्दु देखिएकोले शल्यक्रियाको लागि अस्पताल लगिएको छ । शिविरमा तिन महिना देखि १ सय ३ वषर््ासम्मका विरामीको जाँच गरिएको थियो ।

एकता मूल कृषि सहकारीका अध्यक्ष गगिरथ नेपालको सभापतित्व तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरा पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको शिविरमा संस्थाका सचिव शालिकग्राम नेपालले सञ्चालन गरेका थिए ।

उपभोक्ता समितिका उपाध्यक्ष विमलचन्द्र राजवंशीले औचित्यमाथि प्रष्ट पारेको कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष मञ्जु पोखरेलले राखेकी थिइन् ।