काठमाडौं । विश्व सम्पदा सूचीमा सुचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षामा लापरबाही देखिएको छ । मायाँदेवि मन्दिर परिसरमै मानिसको कपालको चुल्ठो, दाँत, नङ्ग, हातको बाला, कपडामा पोका पारीएको अस्तु जमिन मुनी गाडीएको अवस्थामा फेला परेपछि कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा यस्ता गैरकानुनी क्रियाकलाप भएको बाहिरिएको हो ।
गत चैत्र १२ गते ताइवानी पर्यटकले ल्याएको भनिएको मानव अस्तुकोषका कर्मचारी र सुरक्षाकर्मीहरुको मिलेमतोमा मायादेवि मन्दिर परिसरमै गाडीएको हो । घटनामा कोषका बनस्पती अधिकृत सब्बिर अहमद खान, गार्ड कमाण्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमान,सहित दङ्गा, सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मी सहित १८ जना संलग्नता रहेको कोषले जनाएको छ ।
यसले बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थामा गम्भिर प्रश्न खडा भएको छ । यहाँ शसस्त्र,दङ्गा, ग्रुप फोर,पर्यटन प्रहरी र विकास कोषका सुरक्षा गार्ड २४ सै घण्टा सुरक्षामा खटिन्छन् । कोषका कर्मचारी र तीनै सुरक्षाकर्मीको मिलेमतोमा कोर जोनमै गैरकानुनी रुपमा खनेर अस्तु गाडीएको हो ।
कोषका निमित्त सदस्य सचिव समेत रहेका योजना प्रमुख सरोज भट्टराइले डिउटीमा रहेकाहरुले प्रतिव्यक्ति एक हजार दरले रकम लिएर मायादेवि परिसरमै ती सामान गाडन दिइएको छानबिन प्रतिवेदन आएको बताए । तर स्थानीयले भने कोषका अधिकारीहरुको मिलेमतो र ठूलै अर्थिक चलखेलमा लुम्बिनी भित्र यस्ता गैरकानुनी क्रियाकलाप हुने गरेको आरोप लगाएका छन् ।
लुम्बिनीमा मायाँदेवी मन्दिर प्रवेशकालागि आम सर्वसाधारणलाइ झोला खानतलासी गरिन्छ । जुत्ता चप्पल निषेध छ । परिसरका बोट बिरुवा फूल कुनै पनि चिज जथाभावी छुन, च्यात्न, भुइ खन्न मनाही छ ।
महत्पूर्ण उत्खनन वा निमार्ण गर्नु परे युनेस्को र लुम्बिनी विकास कोषको अनुमती अनिबार्य लिनु पर्छ । तर यी सबै कुरालाई लत्याउँदै कोषका कर्मचारी र सुरक्षाकर्मीहरुले ताइवानी पर्यटकको समूहलाई मायाँदेवी मन्दिर परिसर भित्रै सामान गाडन अनुमती दिएका थिए ।
चैत १२ गते ताइवानी पर्यटकको समूह साँझपख मायादेवी मन्दिर प्रवेश गरेको थियो । मन्दिरमा पूजापाठ पश्चात ती बस्तुहरु खाल्डो खनेर गाडेको स्थानीयले बताएका छन् । कोषका अधिकृत चुणामणी भट्टराईका अनुसार मनिसको कपालको चुल्ठोका १४ वटा मुठ्ठा, दाँत, नङ्ग, हातको बाला, ससाना कपडामा पोका पारीएको अस्तु जस्तो देखिने खरानी, चामल र मास राखीएका १३२ वटा पोका मायादेवी मन्दिरको पिश्चम तर्फ फुट ट्रयाकको छेउमै गाडीएको हो ।
ती सामानको तौल करिब ६ किलो रहेको कोषले जनाएको छ । कोषले यसबारेमा अर्को दिनै थाहा पाएपनि ती सामान गाडीएको दश दिन पछि गत २२ गते बल्ल स्थानीयको दवावमा उत्खनन गरी छानबिन गरयो ।
कोषका प्रसाशकीय अधिकृत चुडामणी भट्टराई र पुरातत्व अधिकृत हिमाल उप्रेती रहेको दुई सदस्यीय छानबिन समितिले घटनामा कोषका कर्मचारी सहित १८ जनाको संलग्नता रहेको प्रतिवेदन बुझाएको छ ।











प्रतिक्रिया