सनी लियोनीले विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल

0
Shares

एजेन्सी । चर्चित वलिउड अभिनेत्री सनी लियोनी जीवनशैलीका कारण चर्चामा आइरहने पत्र हुन् । उनले केही समय पहिले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर पोष्ट गरेकी छिन् । सनीले तस्बिर पोष्ट गर्दै पति डेनियल वीबरलाई सातौँ यनिभर्सरीको शभकामना पनि दिएकी छिन् ।

सनीले लेखेकी छिन्, सात वर्ष पहिले हामीले भगवानलाई अगाडि राखेर बाचा गरेका थियौँ एक अर्कालाई सधै मायाँ गर्नेछौँ । चाहे जस्तोसुकै परिस्थिति आओस् । मैले आज भन्न सक्छु तिमीलाई त्यो दिन भन्दा धेरै मायाँ गर्छु । शुभकामना ।

उनको यो तस्बिर पोष्ट गरेको केही समय मै भाइरल भएको छ । तस्बिरमा सनी पञ्जावी बेहुलीको रुपमा निकै सुन्दर देखिएकी छिन् । सनि लियोनी र डेनियलको यो पहिलो तस्बिर हो । अहिलेसम्म उनको बिवाहको कुनै पनि तस्बिर सार्वजनिक भएको थिएन । सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो तस्बिर फ्यानहरुले निकै मन पराएका छन् ।

केही दिन पहिले सनीले आफ्ना जुम्ल्याहा बच्चाको तस्बिर पोष्ट गरेर सरप्राइज दिएकी थिइन् । सनीले एक धर्मछोरी पनि पालेकीछिन् । उनको नाम निशा हो । सनीका तीन सन्तान छन् । उनका जम्ल्याहा बच्चा सेरोगेसीको सहयोगमा जन्माएकी हुन् ।

पछिल्लो समय सनीले पतिसँगका तस्बिर पोष्ट गरिरहेकी छिन् ।सनी पछिल्लो पटक तेरा इंतजार फिल्ममा अरबाज खानसँग देखिएकी छिन् ।