काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजिपीसहित ३० उच्च अधिकृतहरुले आज एकैदिन अवकाश पाउँदैछन्। सुरक्षा संगठनमा रहेको ३० वर्षे सेवा हदका कारण एकै दिन ठुलो संख्यामा प्रहरी अधिकारीहरुले अवकाश पाउन लागेका हुन्।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआईजीहरुले अवकाश पाउँदैछन्। जसमा जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, बिजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा, मधु पुडासैनीले अनिवार्य अवकाश पाउन लागेका हुन्।
त्यस्तै डिआईजीहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य,गोविन्द निरौला र एसएसी बिष्णुहरी गौतमले आजदेखि पाउँदैछन्।
उनीहरु २०४४ साल चैत २८ गते एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेका थिए। एकै दिन प्रहरी सेवा सुरु गरे पनि कोही आईजिपी भए भने कोही एसएसपीमै अवकाश पाएका छन्।
त्यस्तै सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठ र दुई एआईजीले अवकाश पाउँदैछन्। एआईजीहरु प्रेम शाही र प्रकाश ओझाले पनि बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैनछन्।











प्रतिक्रिया