पाेखरा । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले गुरूङलार्इ उपनेतामा चयन गरेकाे हाे ।
पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् । यसअघि केन्द्र सरकारको वनमन्त्री भइसकेका गुरूङ सातै प्रदेशका मन्त्रीहरुमध्ये हाई प्रोफाइल नेता हुन् ।
बैठकले एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रमुख सचेतकमा चयन गरेको छ । उनी लम्जुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।











प्रतिक्रिया