चर्को शुल्क बढाउने बृहस्पति स्कुललाई के कार्वाही ?

0
Shares

काठमाडौं। बृहस्पति विद्या सदनले यो शैक्षिक सत्रदेखि अत्यधिक रुपमा शुल्क बृद्धि गरेपछि अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । बाल संगठनको जग्गा लिजमा लिएर संचालन गरेको विद्यालयले शुल्कमा अत्याधिक बृद्धि गरेपछि अभिभावक आन्दोलित भएका हुन ।

अभिभावकहरुले मनपरी शुल्क बृद्धि गरेकोमा विरोध प्रदर्शन गरेका छन् । बाल संगठनको नाममा रहेको नक्सालको २८ रोपनी जग्गा लिजमा लिएर विद्यालय संचालन गरेको बृहस्पतिले यो बर्ष ३५ प्रतिशत शुल्क बृद्धि गरेको छ । बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशी र मुरारिनिधि तिवारीले बिशाल गु्रपलाई बिक्री गरेपछि विद्यार्थीको शुल्क एकैपटक ३५ प्रतिशतले बृद्धि गरेको हो ।