नेवाः सुन्दरी धर्मकर्ममा

0
Shares

१३औं मिस नेवाः ११३८ को तालिमको क्रममा प्रतियोगिताका सहभागी नेवार सुन्दरीहरूले राजधानीको महांकाल मन्दिरमा लाखबत्ती बालेर धर्मकर्म गरेका छन्। लाखबत्ती बालेर आत्मसन्तुष्टी साटासाट गरेपछि उनीहरूले प्रसादस्वरूप नेपाली मौलिक परिकार समयबजी खाएर समयको अर्थ र महत्व बारे छलफल गरेको मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन््।

नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरूको आत्मविश्वास र व्यक्तित्व विकास तथा नेवारी संस्कारको महŒव बुझाउने उद्देश्यले १३ वर्षदेखि निरन्तर रूपमा मिस नेवाः को आयोजना गर्दै आएको छ। प्रतियोगितामा सामेल २० नेवार सुन्दरीहरूलाई कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले व्यक्तित्व विकास तथा मिस नेवा २०११ सुनिता डंगोलले भाषा र रोहिया महर्जनले नृत्य तालिम दिइरहेका छन्। मिस नेवाः ११३८ अगामी जेठ महिनामा राजधानीमा हुँदै छ।