जापानबासीले सम्झिए यशोदालाई

0
Shares

१७ वर्षपछि पुनः फिल्म निर्माणमा फर्किएको महजोडी महका म अर्थात मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठलाई जापानबासी नेपालीले सम्झिएका छन्।

आन्द्रा र फोक्सोको क्यान्सरबाट पीडित ६७ वर्षीय यशोदाको गत साता उपचारका क्रममा निधन भएको थियो। जापानबासी नेपालीहरूले यशोदाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले मौनधारण गर्दै यशोदाको आत्माको चिर शान्तिको कामनासमेत गरे।