जापानमा शत्रु गतेसँगै घेरिए पल

0
Shares

रिलिजमा रहेको फिल्म शत्रु गतेसँगै नायक पल शाहको स्टारडम जापानमा पनि देखिएको छ। उनी हलमा पुग्दा प्mयानहरूको बाक्लो भिडले घेरिएनन् मात्र, उनीसँगै हाउसफुल भएको हलमा शत्रु गतेको लोकप्रियता पनि उस्तै देखियो।

जापानबाट नेपाल समाचारपत्रका सहयोगी शिशिर मगरले जानकारी गराएअनुसार विशेष गरी युवती प्mयानहरू उनको आगमनबाट निकै उत्साहित भए। दर्शकसँगै फिल्म हेर्दै गरेका पलसँग शेल्फी लिनेको जमात पनि बाग्लै देखिन्थ्यिो। जापानको टोकियोमा हाउसफुलको साथ शत्रु गते प्रदर्शन भएकोमा खुसी देखिएका पलले दर्शकलाई धन्यवाद दिए। उनलाई जापानमा फिल्म रिलिजको व्यवस्थापन गरेको ए वानका अध्यक्ष जोन छन्त्याललगायतले फूलको गुच्छाले स्वागत गरेका थिए।

शत्रु गतेले जापानको पहिलो सो हाउसफुलको साथ बम्पर ओपिनिङ गरेको छ भने रेड कार्पेट प्रिमियर सोमा दर्शकको उत्साहजनक उपस्थिति रहेको मगरले बताए। बालबच्चादेखि बुढापाकासम्मका दर्शकले भरिभराउ हल समय बित्दै जाँदा झन्झन् साँघुरो बन्दै गएको उनले जानकारी गराए।

‘उता आयोजकलाई दर्शकको भिड सम्हाल्न धौधौ, यता दर्शकहरू सिट रोक्नलाई दौडधुप। झट्ट हेर्दा, नेपालकै सिनेमा घरमा फिल्म हेर्न आएजस्तै आभास धेरै दर्शकले गरे। चलचित्र हेर्न आएका दर्शकहरू हलको क्षमताभन्दा धेरै भएपछि कोही फर्किन बाध्य भए, त कोही भुईंमै बसेर पनि फिल्म हेर्न हौसिए’ मगरको भनाइ छ। पलको उपस्थितिले पनि फिल्मले राम्रो दर्शक पाएको आयोजकको भनाइ छ। ‘शत्रु गतेले जापानको इतिहासमै हाउसफुलको साथ फिल्म प्रदर्शनको नयाँ रेकर्डसमेत बनाएको छ। फिल्मको कथावस्तु राम्रो भएर मात्र नहुने रहेछ, फिल्म चल्न कलाकारको उपस्थिति पनि महŒवपूर्ण रहेछ’ –ए वान इन्टरटेन्मेन्टका अध्यक्ष जोन छन्त्यालले भने।

चलचित्र हेरिसकेपछि दर्शकले शत्रु गते राम्रो बनेको प्रतिक्रिया दिएका थिए। फिल्मले नेपालमा तेस्रो सातासम्म पनि दर्शक लोभ्याइरहेको छ।