चितवन । भरतपुर महानगरपालिका र चिनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ ।
सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्रका गरिब,असहाय र जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिने भएको छ । सम्झौतापत्रमा आज (मंगलवार) भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालयका डिन प्रोफेसर थाङ सियुआनले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपालमा पहिलो पटक भरतपुरमा सहकार्य गरेको भन्दै चीन र नेपालको सम्बन्धमा कोसेढुगां सावित हुने बताए ।
यस्तै मेयर रेनु दाहाले चिनसंगको दैत्यसम्बन्ध र सहकार्यलाई भरतपुर महानगरको तर्फ थप प्रगाढ बनाउने वताइन् । उनले चिनको बिकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको भन्दै महानगर त्यसतर्फ अघि वढेको वताइन् । सम्झौताले दुई देशबीच सामाजिक,सांस्कृतिक ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने मेयर दाहालले विश्वास व्यक्त गरिन् ।
सेन्ट्रल साउथ विश्वविद्यालय चीनको चर्चित विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन गरेको छ । भरतपुर महानगरपालिकाको तर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।











प्रतिक्रिया