बारा । बाराको मनहर्वा ५ मा रहेको रिलाईन्स सुगर मिलमा उखुको रस राख्ने बोयालर मेसिन पडक्दा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ११ बने भएको बिस्पोटमा परी अन्य १० जना घाईते भएका छन् ।
मृत्यु हुनेमा राम शाही रहेको प्रहरी बरिष्ठ उपरीक्षक भुवनेशरवर साहले जानकारी दिनुभयो । घाईतेहरुको नेशनल मेडिकल कलेज वीरगजमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा बारा मटिवर्वाका प्रमेश्वर साह, उत्तर झिटकैयाका भुपेन्द्र मल्ल रहेका छन् । अन्यको उपचार वीररगज तथा कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया