सोल । दक्षिण कोरियामा रहेका नेपालीहरुले ख्यङगिदो प्रान्तमा बुद्धको मूर्ति स्थापना गरेका छन् । नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यता योङइन सिटीको पर्यटकीय गुम्बा वाउछङछामा बुद्धको मूर्ति स्थापना गरिएको हो ।
कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ बहादुर सिंहले मूर्ति अनावरण गर्नुभयो । राजदूत सिंहले मूर्ति राख्ने भवनको शिलान्यास समेत गर्नुभयो ।
बुद्ध मूर्ति स्थापना समारोहमा नेपाली सम्पर्क समितिका पपदाधिकारी, प्रतिनिधि, तथ सदस्यको साथै विभिन्न संघ सस्थाका प्रतिनिधि र दक्षिणा कोरियामा रहेका नेपालीहरुको सहभागिता थियो ।











प्रतिक्रिया