काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले जनतालाई सपनामात्रै बाँडिरहेको आरोप लगाउनु भएको छ ।
नेता महतले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा समेत जनतालाई तत्काल राहत दिने विषयमा ध्यान नदिएको दाबी गर्नुभयो । उहाँले रेलमार्ग जस्ता १० वर्षीय योजना अघि सारेर नेपाली जनताले तत्काल लाभ लिने अवस्था नरहेको भन्दै सरकारलाई तत्काल राहत हुने काममा केन्द्रित हुनु पनि सुझाव दिनुभयो ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले सरकारले रेलमार्गको कुरा गरेपनि त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । नेता महतले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गरे देश र जनताले तत्काल राहत पाउनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भारत सरकारसँग हवाई रुट जस्ता अत्यावश्यकीय विषयमा कुरा नउठाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना पनि गर्नुभयो ।
काँग्रेस नेता महतले लगानीको अभावमा नेपालले तत्काल रेलमार्ग निर्माण लगायतका विषयलाई अघि बढाउन सक्ने अवस्था नरहेको दावी पनि गर्नुभयो ।











प्रतिक्रिया