नयाँ बसपार्कका रेष्टुरेष्टमा प्रहरीको छापा, शंकास्पद गतिविधि गर्ने ३९ जना पक्राउ

0
Shares

काठमाडौं । बसपार्क क्षेत्रका होटल तथा रेष्टुरेष्टमा प्रहरीले छापा मारेको छ । प्रहरीले होटल तथा रेष्टुरेष्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ गरेका मध्ये ३२ जनालाई २४ घन्टासम्म प्रहरी नियन्त्रणमा राखी सम्झाइ बुझाई आफन्तको जिम्मा लगाइएको छ । ७ जनालाई भने सार्वजनिक अपराधमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए ।

जसमा ४ जना पुरुषसहित ३ जना युवतीहरू रहेका छन् । केही साता अगाडि प्रहरीले काठमाडौंको कोटेश्वरमा रहेका ६५ वटा होटलमा छापा मारेको थियो । केही समयदेखि होटलहरूमा अपराधिक गतिविधि हुने गरेको सूचनाको आधारमा प्रहरीले ‘अप्रेशन’ गरिरहेको एसएसपी पोखरेलले बताए ।