नेपाली चलचित्रको सेन्सर सिलगुडीमा होस्–आकाश अधिकारी

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अवसरमा पहिलोपटक नेपाली चलचित्र क्षेत्रलाई समेत समेट्नु भएकोमा यस क्षेत्र आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछ, साथै शुभकार्य एवं शुभयात्राको कामना गर्दछु।

चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै भारत जानुहुने सभासद रामवीर मानन्धर, चलचित्रकर्मी नायक राजेश हमाल, सञ्चारकर्मी तथा निर्देशक दिनेश डीसीसँग प्रस्तुत गरिने विषयमाथि छलफल गर्दा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसूदन प्रधान तथा निर्माता संघको अध्यक्ष म स्वयं।

निर्माता संघको एजेन्डा ः
१. नेपाली चलचित्रको सेन्सर सिलिगुडी वा सिक्किममा होस्, जसमा नेपालीभाषी समावेश गरियोस्। जसका कारण नेपाली चलचित्रको स्क्रिप्ट रोमनमा आनुवाद गर्न नपरोस्। यो हाम्रो अधिकार पनि हो। नेपालको संविधानमा हिन्दी भाषा नभए पनि हाम्रा सेन्सर सदस्य सबैले बुझ्छन्। ३१ अगस्त १९९२ मा भारतको संविधानको १७औं स्थानमा नेपाली भाषालाई समावेश गरिए तापनि त्यहाँका सेन्सर सदस्यले नेपाली भाषालाई बुझ्ने कोसिससमेत गर्दैनन्। (२०१७ मा मुम्बई पुगी तत्कालीन भारतीय सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानीलाई भेटी सेन्सरमा लामो समय लाग्नेबारे छलफल गरी, अब अनलाइनबाट फारम भर्न सकिने र डेटसमेत लिन सकिने व्यवस्था मिलाइसकेको छु। अन्य थप कुरा राज्यले नै मिलाउनुपर्ने भएको हुँदा यसपालि आशा गरेको छु।)

२. नेपालीमूलका, नेपालीभाषीहरूको बाहुल्यता रहेको क्षेत्र (स्टेट) सिक्किम, दार्जीलिङ, आसाम, देहरादुनजस्ता ठाउँमा नेपाली चलचित्र प्रदर्शनको राम्रो व्यवस्था मिलाइ जसरी हिन्दी चलचित्रको सजिलोसँग नेपाल आउँछ, त्यसरी नै नेपाली चलचित्र यी स्टेटमा प्रदर्शन गर्ने व्यवस्था मिलाइ बजार विस्तारमा मद्दत पुर्याइयोस्।