![](https://newsofnepal.com/wp-content/uploads/2018/04/soni-ki-totu-ki-sweeti.jpg)
रश्मी थापा
अहिले सन् २०१८ को तेस्रो महिना चलिरहेको छ। यस वर्ष बलिउड फिल्म नगरीमा पहिलो तीन महिनामा धेरै फिल्म रीलीज भए। यीमध्ये केही फिल्मले बक्स अफिसमा राम्रै रेकर्ड राख्न सफल त्यस्ता थुप्रै फिल्म छन्। यहाँ त्यस्ता ५ फिल्मको बारेमा चर्चा गरीएको छ।
पद्यमावत
कमाई ः १ शय १४ करोड
हिन्दी तामील र तेलु्गु भाषामा रीलीज भएको पद्यमावतले १ शय १४ करोड भारतिय रुपियाको ऐतिहासीक कलेक्शन गर्र्यो। तर यो प्रीभ्यु कलेक्शनसहितको रकम हो। शुक्रबार नयाँ फिल्म रिलीज हुने बलिउड फिल्मको चलनभन्दा पर रही यो फिल्म विहिवारकै दिन रीलीज भएको थियो र केहि विवादका कारण भारतका केहि भागहरूमा प्रदर्शन हुन पाएको थिएन। साथै फिल्मको जुन माहोल थियो, त्यसले केहि दर्शकलाई सिनेमा घरबाट टाढा राखेको थियो। तमाम विपरीत परीस्थितीमा पनि फिल्मको यो जोडदार कलेक्शन तारीफयोग्य छ।
रेड
कमाई ः ४१.०१ करोड
अजय देवगणको फिल्म रेडले सुरुमा राम्रो माहोल बनाउन सकेन। तर जसरी फिल्मको रीपोर्ट राम्रो बन्दै गयो यसको कलेक्शन पनि तेज रूपमा बढ्दै भयो, फिल्ममले एक हप्तामा ४१.०१ करोडको व्यापार गर्र्यो।
प्याडम्यान
कमाई ४०.०५ करोड
अक्षय कुमारको फिल्म प्याडम्यानको विषय लीकदेखी हटेको थियो। महिलाले महिनावारी हुँदा प्रयोग गर्ने स्यानीटरी प्याडको विषयमा बनाईएकोले यस विषयको फिल्म दर्शकहरू ठुलो पर्दामा हेर्न त्यति रुचाएका थिएनन्। यसका वाबजुद फिल्मले ओपनिङ विकमा राम्रँे प्रर्दशनको रेकर्ड पायो, जसको सारा श्रेय अक्षय कुमारको स्टारडमलाई जान्छ।
सोनु के टीटु की स्विटी
कमाई ः २६.५७ करोड
सर्वाधिक ओपनिङ कलेक्शनमा ठुला स्टारहरूकै फिल्म रहेको देख्न सकिन्छ। तर यो लिस्टमा सोनु के टीटु की स्विटीजस्तो फिल्म पनि आएको छ। यसबाट थाहा पाउन सकिन्छ कि फिल्मले कति हदसम्मको सफलता पाएको छ। बिना स्टारको फिल्मले पनि स्टार भएको जस्तै सफलता पाएको छ। फिल्मले पहिलो हप्ता २६ करोडको व्यापार गरेको थियो भने हाल यो फिल्म शय करोड क्लबमा दर्ता भएको छ।
परी
कमाई १५.३४ करोड
अनुष्का शर्मा अभिनित हरर फिल्म परीले पहिलो हप्ता राम्रो कमाई गर्र्यो। तर पछि बक्स अफिसमा धेरै कमाल गर्न भने सकेन। परीले हरर, ईमोशन तथा रहस्यका कारण दर्शकलाई रोमाञ्चक बनाउँछ।