गैरन्यायिक सडक विस्तारको विरुद्धमा राजधानीमा प्रदर्शन

0
Shares

काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरुद्धमा पीडितहरुले राजधानीमा शुक्रबार प्रदर्शन गरेका छन् ।

पीडितहरुको गत चैत्र १४ गते भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले निर्ममतापूर्वक दमन गरेको भन्दै सो विरोध आयोजना गरिएको थियो । असनबाट शुरु भएको जुलुस विभिन्न भागमा परिक्रमा गर्दै समापन गरिएको थियो ।

सडक विस्तारको नाउँमा पुरातात्विक सम्पदा, स्थल, कृषियोग्य जमिन र पर्यावरणको विनाश हुने गरी गरिएको गैरन्यायिक सडक विस्तारको विरुद्धमा कडा रुपमा उत्रिने उद्घोष गर्दै सहभागीहरुले नाराबाजी गरेका थिए ।

प्रदर्शनमा संघीय संसद्, प्रदेश सभाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।‘सहभागीहरुले पीडितहरुको मुद्दालाई विषान्तरण गर्न काठमाडौं उपत्यकाका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले सार्वजनिक कार्यक्रममा उपत्यकामा आदिवासी जनजाति नभएको अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिथोल्ने खोजेको आरोप लगाएका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले संविधान विरुद्ध र जातीय सद्भाव भड्काउने उद्देश्यले बोल्नु कतिको सुहाउँछ ?’ सहभागीहरुले भनेका थिए ।

राज्य आतंक बन्द गर, सडक विस्तारको नाउँमा जनजाति विस्थापित नगर, आईएलओ १६९ धारा पालना गर जस्ता प्ले कार्ड बोकेर आएको थिए । यसैबीच नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले प्राधिकरणको प्रमुखको अभिव्यक्तिले जातीय सद्भाव बिथोल्ने कुत्सित मनसाय रहेको भन्दै विरोध गरेका छन् । देय् दबूले एक विज्ञप्ती जारी गरेर सो विरोध गरेका हुन् ।