बुटवल । प्रदेश न. ५ को मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को लागि नीति कार्यक्रम स्वीकृत गरेको छ । नीति कार्यक्रम आउँदो २५ गते संसदमा पेश हुने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताउनु भयो ।
अहिले प्रदेशको बजेट १ अर्ब २ करोड रुपैयाँ छ । संसदमा पेश भएपछि नीति तथा कार्यक्रममाथि छलफल हुने र चैत २९ गते अगावै संसदबाट पारित हुने प्रवक्ता चौधरीले बताउनु भयो । मन्त्रिपरषद् बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।











प्रतिक्रिया