सलमानलाई भेट्न पुगिन् प्रिती जिन्टा

0
Shares

काठमाडौं । बलिउडकी अभिनेत्री प्रिती जिन्टा जोधपुर केन्द्रीय कारागरामा रहेका अभिनेता सलमान खानलाई भेट्न पुगेकी छन्।

बिहीबार जोधपुर अदालतले कालो हरिणको सिकार प्रकरणमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल र १० हजार जरिवाना तोकेपछि सलमान बिहीबारदेखि जोधापुरको जेलमा रहेका छन्।

सलमान जेल परेपछि भेट्न जाने बलिउड सिने जगतकै पहिलो व्यक्ति अभिनेत्री प्रिती जिन्टा बनेकी छन्। सलमानसँगको भेटमा उनले अदालतको फैसलाले आफूलाई दुखी बनाएको बताएकी थिइन्।

सलमान र प्रितीबीच केही बेर कुराकानी भएको थियो। प्रितीले बलिउड जगत नै सलमानको पक्षमा रहेको भन्दै उनीप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।त्यस्तै शुक्रबार नै अभिनेत्री तथा सांसद जया बच्चन पनि सलमानलाई भेट्न कारागार पुगेकी छन्।

सलमानलाई जमानतनमा रिहा गराउन उनका वकिलले गरेको प्रयास शुक्रबारका लागि पनि विफल भएको छ।