चितवन । भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् ।
पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ ।











प्रतिक्रिया