सलमानलाई जेल सजाय हुने ⁄ नहुने फैसला आज

0
Shares

बलिउड नायक सलमान खालको कालो हरिणको शिकार मामलाको करिब १९ वर्ष पुरानो मुद्दाको फैसला आज हुने भएको छ। आजतकले जनाएअनुसार जोधपुर कोर्टले आज त्यसबारेको फैसला गर्नेछ।

समाचारमा जनाइएअनुसार अदालतले आज सलमानलाई हरिणको शिकार गरेको मुद्दामा जेल हुन्छ या सफाइ दिइनेछ भन्ने पैmसला आज हुनेछ। यस मामलामा सलमान खानका साथ सैफअलि खानलगायतका बलिउड स्टारलाई आरोपी बनाइएको छ। यस मामलासँग सम्बन्धित बलिउड स्टारहरू जोधपुरतिर लागेको समाचारमा उल्लेख छ। धेरैजसो स्टार मुम्बई एयरपोर्टबाट जोधपुर जाँदै गरेको देखिएको समाचारमा जनाइएको छ।

यो मुद्दामा सलमान र सैफका साथमा तब्बु, सोनाली बेन्द्रे र नीलम पनि आरोपी हुन्। उनीहरूलाई सलमानलाई हरिणको शिकार गर्न उक्साएको आरोप लगाइएको छ। यसबारे सम्बन्धित स्टारहरूले कुरा गर्न नचाहेको आजतकले जनाएको छ। समाचारमा उल्लेख गरिएअनुसार तब्बुले यसबारे कुरा गर्ने सही स्थान नभएको प्रतिक्रिया दिइन्।

गत साता सीजीएम कोर्ट (जोधपुर ग्रामीण) मा फैसला सुरक्षित गरेर राखिएको थियो। यस मुद्दाका सबै आरोपीलाई अदालतामा हाजिर हुन निर्देशन पनि दिइएको थियो। यसअघि सलमान ४ जनवरीमा सीजेएम ग्रामीण कोर्टमा हाजिर भएका थिए। सलमानमाथि हम साथ साथ हैं नामक फिल्मको सुटिङका दौरान २ अक्टुबर १९९८ मा कनकानी गाउँमा २ कालो हरिण शिकार गरेको आरोप छ। यस मामलामा सलमान पटक–पटक अदालतमा हाजिर भइसकेका छन्।