मोटरसाइकल चोरी गर्ने ३ युवा पक्राउ

0
Shares

सुनसरी । जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरीलाई कोशी ब्यारेज नजिकै मोटरसाइकल चोरी गरिरहेकै अवस्थामा मंगलबार पक्राउ गरिएको हो ।

उनीहरुले को २९ प ८३५९ र को २२ प ९७३५ नम्बरकाे पल्सर मोटरसाइकल चोरेको प्रहरीले जनाएको छ ।