बैतडी । जिल्लाका ८४ वडा मध्ये ४२ वडा सचिवविहीन अवस्थामा छन् । शिवनाथ गाउँपालिकाको ६ वटै वडामा सचिव नभएको अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । ‘
सचिव नहुँदा जनताका सबै काम रोकिएको छ’ उहाँले भननुभयो, ‘जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ता समेत हुन सकेको छैन ।’
,पञ्चेश्वर गाउँपालिकामा पनि ६ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । अन्य वडाका सचिव सदरमुकाममै बस्ने गरेको अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
पुरचौडी नगरपालिकाका १० मध्ये ७ वडामा सचिव छैनन् । डिलासैनी गाउँपालिका–७ वडामध्ये ४ वटा वडामा सचिव विहीन अवस्थामा छ । सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकाका , पाटन नगरपालिका , र दशरथचन्द नगरपालिकामा पनि केही वडा सचिव विहीन छन् ।











प्रतिक्रिया