ओलीसँगै भारत भ्रमणमा राजेश हमाल

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल पनि सँगै जाने भएका छन् ।
गत शुक्रबार भारत जना लागेका ओलीले कलाकारलाई पनि सहभागी गराएका हुन् ।

गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए ।

उनले आफूले भारतमा रहँदा भारतीय कलाकारसँग पनि छलफल गर्ने भन्दै कलाकारलाई पनि विशेष महत्व दिएर भ्रमणमा सहभागी गराउने बताएका थिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका सहभागी हुने मन्त्री, सांसद, सरकारी कर्मचारी, नेता र कलाकारको छनौट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अहिलेसम्म कलाकारबाट अभिनेता राजेश हमालको नाम सिफारिस भैसकेको छ । भारतीय कलाकारसँग छलफल पनि गर्नुपर्ने भएका कारण वौद्धिक कलाकारको छवि बनाएका हमाललाई टिममा समावेश गरिएको जनाइएको छ ।

भ्रमण टोलीमा सहभागी हुने राजेश बाहेकका अन्य कलाकारको भने टुंगो लाग्न बाँकी नै छ भने प्रधानमन्त्रीले दिल्लीमा भेटने भनेका भारतीय कलाकारको पनि टुंगो लागेको छैन ।