मृगौला पिडितलाई पाँच लाख सहयोग



अमृत अर्याल, स्याङ्जा ।
आर्थिक अभावका कारण उपचारमा कठिनाई झेलेका स्याङ्जाका एक मृगौला पिडितलाई रकम हस्तान्तरण गरिएको छ । भीरकोट नगरपालिका ९ पञ्चासेका ३४ वर्षीय युवा लिलबहादुर गुरुङ्को दुईवटै मृगौला फेल भएपछि सञ्चारकर्मी तथा शिक्षक टिकराज गुरुङ्ले सामाजिक सञ्जाल मार्फत जुटाएको रकम उपचारार्थ हस्तान्तरण गरिएको हो ।

गुरुङको निजी पहलमा देश तथा विदेशबाट संकलित रकम १ लाख ७९ हजार ५ सय ५४ रुपैया“ पिडित लिलबहादुरलाई हस्तान्तरण गरिएको छ । दुवईबाट १ लाख १५ हजार ६ सय, हङकङबाट २७ हजार, कुवेतबाट १४ हजार, नेपाल आदर्श विद्यालयबाट ९ हजार ९ सय ५४ रुपैया“ तमू समाजबाट ५ हजार, र स्थानीय व्यक्तिबाट संकलित ८ हजार गरी गुरुङ्को एक्लो पहलमा मात्रै ४ लाख ६५ हजार ५ सय ५४ रुपैया“ पिडितलाई हस्तान्तरण गरि सकिएको छ ।

गुरुङको एकल प्रयासमा हालसम्म करिब ५ लाख रुपैयाँ उठिसकेको छ । “हाम्रो सानो पहलमा भएपनि लिलबहादुरको जीवन धान्न सकिन्छ छ की भनेर रकम संकलनका लागि पहल गरेको हु“ ।” स्थानीय रेडियोमा कार्यरत सञ्चारकर्मी गुरुङ्ले भन्नुभयो, सेवा नै धर्म हो भन्ने मान्यताले रकम संकलन गर्ने जा“गर आयो ।” गुरुङको पहलमा धेरैले साथ दिएका छन् । पिडित लिलबहादुरको दुवै मृगौला फेल भएपछि अहिले पोखरामा उपचार भईरहेको उहाँकी श्रीमती अनु गुरुङले जानकारी दिनुभयो ।

५ वर्ष विदेशमा ड्राईभरको काम गरेर लिलबहादुर गत वर्षमात्रै नेपाल फर्किनुभएको थियो । सरकारले मृगौला प्रत्यारोपण निःशुल्क भनेपनि प्रक्रिया धेरै लामो र झण्झटीलो भएकाले प्राईभेटमै उपचार गराएको उहाँले बताउनुभयो । गुरुङको उपचार संभव चिकित्सकहरुले बताएका छने ।

गएको २ महिना अगाडि मात्रै गुरुङको दुवै मृगौला फेल भएको वुटबलमा चेकजा“चका क्रममा जानकारी भएको श्रीमती अनुले जानकारी दिनुभयो । २ छोरीसहित ४ जनाको परिवारमा कमाएर ल्याउने व्यक्ति नै रोगी भएपछि परिवारमा समस्या आएको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्