गायक गुरुङको स्मृतिमा शालिक बनाइने


लमजुङ, (नेस)। लमजुङका उपज राष्ट्रिय लोक कलाकार युक्त गुरुङको शालिक निर्माण गरिने भएको छ। उनको जन्मथलो रहेको लमजुङको साविक अर्चलबोट गाविस–२ हाल दोर्दी गाउँपालिका–२ सल्लाबोट गाउँमा सो शालिक स्थापना गर्ने तयारी गरिएको हो।

युक्त लोकगायक हुनुका साथै रेडियो नेपालको आठौं तहका अधिकृतसमेत थिए। स्व. युक्त गुरुङले लोककलाको प्रवद्र्धनका क्षेत्रमा पुर्याएको योगदानलाई अविस्मरणीय बनाउन स्थानीयले शालिक निर्माणको तयारी गरेका हुन्। स्व. गुरुङकी साहिँली दिदी जमदार पीपलमाया गुरुङले शालिक निर्माणसहित भाइको सम्झनामा केही गर्न चाहेको बताइन्। उनका अनुसार ६ जना दिदीका एक मात्र भाइ युक्तलाई देश र विदेशमा समेत चिनाउन उनको शालिक निर्माण गरिन लागेको बताइन्।

यस क्षेत्रका आमा समूह, युवा समूह, विभिन्न संघ–संस्थामा आबद्ध व्यक्ति विशेषको संयुक्त भेला आयोजना गरी स्व. गुरुङको शालिक सल्लाबोटमा राखिने निर्णय भएको पीपलमाया गुरुङले बताइन्। उनका अनुसार उक्त कार्यमा युक्तका शुभचिन्तक, इष्टमित्रहरूले पनि तन, मन र धनले सहयोग गर्ने भएका छन्। ‘हामी पनि प्रतिभाको कदर गरौं, युक्त जस्तै यो नेपालमा अरू बहुप्रतिभाशाली कलाकारको जन्म होस्ु भन्ने नाराका साथ आयोजना गरिएको भेला गाउँको वयोवृद्ध जमदार खोर्साने गुरुङको सभापतित्वमा भएको थियो। ब्रिटिस गोर्खा लप्टन दीर्घसिं गुरुङ र आमा इन्द्रकुमारी गुरुङको कोखबाट २०११ साल भाद्र १६ गते जन्मिएका गुरुङ ६ वर्ष पुग्दै उनको आमाको क्षयरोगका कारणबाट निधन भएको गियो।

युक्त मातृविहीन भएपछि उनको बाबाले कान्छी आमा विवाह गरेका थिए। त्यसपछि पीपलमाया गुरुङ र आफ्नो हेरचाहमा हुर्किएको युक्तकी माइली दिदी धनकुमारी गुरुङले जानकारी दिइन्। ‘भाइ युक्तले सानै उमेरदेखि लोकगीत गाउने, झ्याउरे गाउने, वाद्यवादनतर्फ मुरली, बाँसुरी, गितार र हार्मोनियमलगायत हरेक विधामा रुचि र चासो राख्ने गर्दथ्यो। त्यसैले २०३२ सालमा रेडियो नेपालमा जागिरे हुन सफल भयो।ु –उनले भनिन्।
रेडियो नेपालमा साप्तहिकरूपमा चौतारी कार्यक्रम चलाएर ख्याति कमाएका गुरुङका रेडियो नेपालमा पहिलो गुरुङ गीत रेकर्ड खो पाते ङि रोधिरी कुँबरी आशमारा चुरोटा थुँवरी, ङ खन याले, तले ङिदे, सुनी माया भाका क्वें र दाइ त मेरो लाहुरै जाने म त बैनी सम्झेर रोई रहने जस्ता गुरुङ गीतका साथमा अन्य गीत पनि चर्चित छन्।