सितारवादक वैद्यको निधन


रश्मी थापा, काठमाडौं ।
कुशल सितारवादक विजय वैद्यको आईतवार उपचारका क्रममा निधन भएको छ।

निमोनियाबाट ग्रसित उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आईतबार राती साँढे १२ बजे निधन भएको उनको छोरा क्ष्तििज वैद्यले बताए। ‘वुवा १८ दिनदेखी अस्पतालमा हुनुहुन्थ्यो। आज निधन भयो। अहिले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिको तयारी भइरहेको छ’ क्षितीजले न्युज अफ नेपालसँग कुरा गर्दै भने।

चर्चित सांगितीक समुह सुर सुधाको संस्थापक सितारवादसमेत रहेका उनले सु्र सुधा छोडेपछि विजय वैद्य एण्ड फ्रेण्डस नामक व्याण्ड खोलेका थिए।

उनले रक स्टार म्युजिक अफ पिस, च्यान्ट अफ हिमालयलगायतका एल्बमहरु निकालेर सांगितीक यात्रालाई निरन्तरता दिएका थिए। उनको परीवारमा आमा, श्रीमती र एक छोरा छन्। उनी ६२ वर्षका थिए।