श्री वालकुरमारी क्लबको अध्यक्षमा कुवँर

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।

श्री वालकुमारी श्रृजना क्लबको अध्यक्षमा शालिकराम कुवँर निर्वाचित भएका छन् । शनिबार सम्पन्न तेस्रो साधारण सभाले उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र थापा, महासचिवमा किशोरकुमार कुवँर, सचिवमा पुष्कर केसी र कोषाध्यक्षमा दीपक थापामगर निर्वाचित भएका छन् भने सदस्यहरुमा श्रीकृष्ण थापा, राजकुमार कुवँर, रामचन्द्र थापा, पुरुषोतम थापा, राजेश थापामगर र रवि थापा निर्वाचित भएका छन् । पदाधिकारी निर्विरोध भएपनि कार्यसमितिका सदस्यको पदमा निर्वाचन भएको थियो ।

साधारण सभाको उद्घाटन ललितपुर महानगरपालिका–१८ का वडा सदस्य गोपाल डंगोलले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डंगोलले स्थानीय क्षेत्र विकासमा क्लबको भुमिका महत्वपुर्ण रहेको बताए । उनले वडाकार्यलय र क्लब बीचको सहकार्यलेबाट थुप्रै योजना कार्यान्व्यन गर्न सकिने जनाए ।

कार्यक्रममा संस्थापक अध्यक्ष एवं सामाजसेवी माधव खड्का, समाजसेवी दामोदर खड्का, वालकुमारी सभा भवनका अध्यक्ष इन्द्रलाल महर्जन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम कुवँरले क्लबको भावी योजनाको विषयमा जानकारी गराएका थिए भने महासचिव किशोर कुमार कुवँर र कोषाध्यक्ष दीपक थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।