प्रधानमन्त्रीको भारत भ्रमणमा कलाकार पनि

0
Shares

विदुर गिरी, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ गते हुन लागेको भारत भ्रमणमा कलाकार पनि सहभागी गराउने बताएका छन ।

नेपाल चलचित्र कलाकार संघको आयोजनामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा आयोजित फान अवार्डमा प्रधानमन्त्री केपी ओलीले २३ गते भारत जाने टोलीमा कलाकार पनि सहभागी हुने बताएका हुन । भ्रमणका क्रममा २४ गते भारतका कलाकारहरुसँग भेटघाट कार्यक्रम राखेको बताउँदै ओलीले नेपालको सुन्दरता भारतीय फिल्ममा सुहाउने बताए ।

‘रमाइलो गर्न संसारको जुनसुकै देशमा जानु तर सुटिङ गर्न नेपाल आउनु किनभने नेपाल सुन्दर छ भन्छु’ प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘क्यामेरा राम्रो होला राम्रो क्यामेराले खिच्न ठाउँ पनि त सुन्दर हुनु प¥यो नि ।’ भारत भ्रमणबाट फर्केलगत्तै नेपाल र भारतका कलाकारलाई सँगै राखेर नेपाली फिल्म इन्डस्ट्री र भारतीय फिल्म इन्डस्ट्री कसरी सँगसँगै अगाडि जान सकिन्छ भनेर अन्तक्र्रिया गर्ने पनि ओलीले बताएका छन ।

ओलीले चलचित्र निर्माण गर्दा समयको मागअनुसार बनाउन सुझाव पनि दिए । उनले भने, ‘फिल्ममा कथाको माग भने जस्तै समयको मागअनुसारको चलचित्र बनाउनु । त्यसमा ग्यामर पनि होस ।’