सार्वजनिक बिदा कटौती आपत्तिजनकः कांग्रेस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक बिदामा गरेको कटौती प्रति कांग्रेसले आपत्ती जनाएको छ ।

सरकारले फागुन ७ प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको सार्वजनिक विदा कटौती गर्ने निर्णय आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ ।

यस बिदाको कटौती लोकतन्त्र विरुद्धको आक्रमण भएको कांग्रेसले ठहर गर्दै सरकारप्रति कडा निन्दा गरेको छ । सरकारले मनपरी रुपमा गर्दै आएका निर्णय विधिसम्मत नभएको बताउँदै लोकतन्त्रको मुल्यमान्यतामा अडिग रहन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले लोकतान्त्रिक मुलूकमा प्रजातन्त्र प्राप्ति गरेको दिनलाई बिर्सन नमिल्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्