पर्यटन मन्त्रीले गरे कार्य सूचि सार्वजनिक



काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले अाफूले गर्ने कामकाे  सय दिने कार्य सूचि सार्वजनिक गर्नुभएको छ ।  मन्त्री अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्य सूचि प्रस्तुत गर्नु भएको हो ।

मन्त्री अधिकारीले कार्य सूचि प्रस्तुत गर्दै सन् २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने दाबी गर्नुभयो ।

मन्त्री अधिकारीको कार्य सूचिमा राष्ट्रिय गौरवको ५ ठूला आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै गौतम वुद्ध विमानस्थलको ४० प्रतिशत निर्माण कार्य पुरा गर्ने,पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको कन्सलटेन्ट नियुक्त गर्ने प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

लुम्बिनीमा २५ राष्ट्रका वौद्ध धर्मावलम्बीहरुलाई उपस्थित वौद्ध सम्मेलन तथा र महत्सव गर्ने, पशुपति क्षेत्रमा वागमती जात्रा गर्ने लगायतका योजना कार्य सूचिमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्