मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

0
Shares

धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा विहीबार भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको छ ।

प्रदेश ७ लाई भारतसँग जोड्ने पुराना नाका स्तरोन्नति र कृषि प्रविधि भित्र्याउने लगायतका बिषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताउनुभयो ।