कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको चुरोटको कारण जलेर मृत्यु भएको छ ।
दमबाट पीडित चौधरीले विहीबार राति चुरोट खाँदा तन्नामा आगो सल्कियो र उनी त्यही आगोले जलेर गम्भीर अवस्थामा पुगे । जलेर घाइते भएका चौधरीलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भयो ।











प्रतिक्रिया