शिक्षा ऐन संशोधन माग्दै सबै क्याम्पस अगाडि प्रर्दशन

0
Shares

काठमाडौं । विद्यार्थी संगठनहरुले ‘शिक्षा ऐनमा १० औं संशोधन माग गर्दै शुक्रबार बिहान सबै सरकारी क्याम्पस अगाडि विरोध प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले ऐन संशोधनको लागि संर्घरत विद्यर्थीहरुले आइतबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने घोषणा समेत गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले चैत १७ देखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा चैत २३ गते निर्धारण गरिएको छ ।

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।