८ बर्षीया नबालिकालाई बलात्कार गर्नेदेखी आफ्नै छोरीको हत्या गर्नेसम्मका पक्राउ

0
Shares

वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न मुद्धामा पक्राउ परेकाहरुलाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पर्साको बहोदरामाई नगरपालिका वडा नम्बर ५ निवासी मणीभुषण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार बिहान पाण्डेले ८ बर्षीया नबालिकालाई ललाई फकाई घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पाण्डेलाई जवरजस्तीकरणी मुद्धा दर्ता गरी कारवाही भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताउनु भयो ।

आफ्नै छोरीको हत्या गरेको आरोपमा वीरगञ्ज महानगर वडा नम्बर १५ भिष्वाका सत्यनारायण वर्णवाल तथा उहाकी श्रीमती गिता देवीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । यसैगरी शरीरमा लागुऔषध चरेश लुकाई भारत तर्फ गइरहेको दुई महिलालाई पर्सा प्रहरीले नियंत्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका निवासी ४२ बर्षीया पार्वती मोक्तान र २९ बर्षीया लक्ष्मी थिगं रहनु भएको छ । दुवै जनाको शरीरबाट साढे ८ किलो चरेश बरामद भएको छ । पक्राउ परेका महिलाहरुलाई भरियाको रुपमा तस्करहरुले प्रयोग गरेको पर्सा प्रहरीले जनाएको छ ।

महिलाहरुले चरेश रक्सौल पुर्याए वापत् जनही ८ हजार पाउने गरेका छन् । यस्तै पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा प्रहरीले छापामारी ७ किलो चरेश र १ किलो धुलो तथा चरेश बनाउने मेसिन बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।