दिल्लीबाट चिठ्ठा पर्‍यो भन्दै नेपालमा ठग्ने गिरोह पक्राउ

0
Shares

काठमाडौं । महानगरिय अपराध महाशाखाले भारतको दिल्लीबाट नेपालीलाई भाइबर तथा म्यासेन्जरमा फोन र म्यासेज गरेर चिठ्ठा पर्‍यो भन्दै ठग्ने गिरोहलाई पक्राउ गरेको छ । ठगीमा संलग्न मुख्य गिरोहका नाइके भने फरार छन् ।

पक्राउ पर्नेमा उदयपुरको घर भइ हाल ललितपुर बस्ने व रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक छन् ।

उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए । त्यसरी पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने गरेका थिए ।