ग्रेडर मेसिनमा फेला परेको शंकास्पद प्रेसर कुकर डिस्पोज हुन सकेन

0
Shares

बर्दिया । मधुवन नगरपालिकाको वडा नम्बर. ६ स्थित एक ग्रेडर मेसिनमा फेला परेको शंकास्पद प्रेसर कुकर सेना घटनास्थल पुगेता डिस्पोज हुन सकेको छैन । सेनाले आदेश नपाउँदा डिस्पोज हुन नसकेको हो ।

विहान ६ बजे फेला परेको शंकास्पद  बस्तु बम , वा त्रसित बनाउन राखिएको प्रेसर कुकर मात्रै भन्ने अझै पुष्टी हुन सकेको छैन । गुलरीयाबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले उक्त प्रेसर कुकरलाई डिस्पोजका लागि करिब पाचँसय मिटर पर जंगल क्षेत्रमा लगेको छ ।

डिस्पोजका लागि सबै सामाग्री सहित सदरमुकाम गुलरियाबाट आएको सेनाको टोली आदेश कुरेर बसेको हो । आदेशका लागि प्रक्रिया पुर्याउन केही समय लाग्ने भएपछि सेना फर्किएको छ। डिस्पोजका लागि माथिको आदेश आउन समय लाग्ने र खाना खाने समय भएको भन्दै सेना सदरमुकाम फर्किएको हो ।

डिस्पोज गर्ने आदेश आएपछि सदरमुकामबाट १२ किलोमिटर पश्चिम तर्फ उक्त प्रेसरकुकर भएको स्थानमा सेना फेरी पुग्नु पर्ने छ । अन्य व्यक्तिलाई प्रवेश निषेध गरि नेपाल प्रहरी र शसस्त्र प्रहरीले अहिले सुरक्षा दिइ रहेका छन । शंकास्पद बस्तु लामो समय देखी डिस्पोज नहुदाँ बासिन्दा  त्रसित छन.।  विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले अनौपचारिक रुपमा स्वीकार गरे पनि आधारिक जिम्मा लिएको छैन ।