दाङ । प्रहरीले एक युवालाई चितुवाको छालासहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१७ चौघेरामा बस्ने २० वर्षीय सुनिल सुनार लाई पक्राउ परेको हो ।
उनलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च चौडाई रहेको प्रहरीले जानकारी गराएको छ ।











प्रतिक्रिया