रेडक्रस सोसाइटी र आईसीआरसीबीच सहयोग सम्झौता

0
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीबीच सहयोग सम्झौता भएको छ । सोसाइटी र आईसीआरसी विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौतामा विहीबार हस्तारक्षर भएको छ ।

सम्झौतामा सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पत्र अनुसार नेपाल रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्मअनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारीक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिको लागि ९० लाख रुपैया उपलब्ध गराउने भएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।