डी सिने अवार्ड जेठमा

0
Shares

डी सिने अवार्डको दसौं संस्करण अगामी जेठमा हुने भएको छ। यसका लागि फिल्म औपचारिक दर्ता आह्वान गरिएको छ।

अवार्डका लागि २०७४ को वैशाख १ देखि चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्म दर्ताको आह्वान गरिएको छ। आयोजक संस्था छायाँछवी क्रियसनका अध्यक्ष शान्तिप्रियका अनुसार २ वर्ष लगातार उपत्यकाबाहिर गरिएपछि यसपटकको अवार्ड भने काठमाडौंमा गरिनेछ।