मापसे गरेका वडाध्यक्ष पक्राउ



 

काँकडभिट्टा । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने आज पक्राउ पर्नुभएको छ ।

अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । पटक पटक मापसे गरी कार्यालयमा आउने गर्नुभएका वडाध्यक्ष न्यौपानेलाई आज दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उहाँलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो । न्यौपाने नेकपा(एमाले)का तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्