बानेश्वरमा तनावः प्रदर्शनकारी र प्रहरीबीच झडप, आधा दर्जन घाइते



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौँ स्थित नयाँ बानेश्वर चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन् ।

सडक विस्तारको क्रममा पुराना सम्पदा र घरसमेत भत्काइएको भन्दै काठमाडौँ उपत्यकावासीले विरोध प्रदर्शनी गरेका थिए ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले झडप नियन्त्रण गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

भीड नियन्त्रणमा लिन नसकेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

घाइतेहरुको बानेश्वरको एभरेष्ट अस्पतालमा उपचार भैरहेको र ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्