प्रधानमन्त्रीको उद्घोषः रारा तालबाट यसपटक पर्यटनको बिगुल बजाइनेछ



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्ष २०७५ बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने बताएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ औं महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल सिंगापुर र स्विजरल्याण्ड जस्तो बन्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्दै आफुँ नै पहिलो पर्यटक बन्ने जिकिर गरे । यस्तै कार्यक्रममा बोल्दै उनले भने ‘रारा तालबाट यसपटक पर्यटनको बिगुल बजाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्