गढीमाई नगरपालिकामा तालाबन्दी



रौतहट । गढीमाई नगरपालिका कार्यालयमा बासिन्दाले बुधबार तालाबन्दी गरेका छन् ।  स्थानीयबासीले कार्यालयको व्यवस्थापनका लागि नगरपालिकाले खरिद गरेको कम्प्युटर, फर्निचर तथा स्टेशनरी सामानमा अनियमितता गरेको आरोप लगाउदै तालाबन्दी गरेका हुन ।

नगरभित्रका स्वास्थ्य चौकीहरुका लागि खरिद गरिएको औषधि र किसानको लागि खरिद गरिएको कीटनाशक औषधि छर्ने ट्यांकीमा समेत अनियमितता भएको आरोप उनीहरुले लगाएका छन ।

कार्यालय बाट खरिद गरेको सामग्री र निर्माण योजनाको कामको छानबिनको माग समेत गरेका छन । सामाजिक सुरक्षा भत्ता, बालपोषण भत्ता बितरणमा समेत अनियमितता भएको भन्दै छानबिन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन ।

तालाबन्दीका कारण कार्यालयको काम काज प्रभाबित भएको छ भने नगरपालिकाको कार्यालयले गरेको काम माथि लगाइएको आरोपको छानबिन गराउन आफु तयार रहेको नगर प्रमुख श्यामप्रसाद यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्